काठमाडौं। घट्न थालेको सुनको मूल्यमा ब्रेक लागेको छ। साताको पहिलो दिनका तुलनामा भन्दा सुन तोलामा ८ सय रुपैयाँ बढेको छ भने चाँदी २० रुपैयाँ सस्तिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको कारोबार मूल्य प्रति तोला २ लाख ९४ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ।
यसअघि गत शुक्रबारका तुलनामा ४ हजार ५ सय रुपैयाँ घटेर आइतबार कारोबार मूल्य २ लाख ९४ हजार रुपैयाँमा कारोबार भएको थियो। गत शुक्रबार तोलाको २ लाख ९८ हजार ५ सय रुपैयाँ थियो।
चाँदी प्रति तोला ५ हजार ४० रुपैयाँ भएको छ। गत शुक्रबारका तुलनामा ३ सय ३० रुपैयाँ घटेर आइतबार तोलाको ५ हजार ६० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनको कारोबार मूल्य प्रति औंस ४५४८.६ डलर र चाँदी प्रति औंस ७५.४३ डलर छ। आइतबार सुन ४५४०.४९ डलर र चाँदी प्रति औंस ७५.९८ डलर थियो।










