कस्मेटिक ब्रान्ड ‘स्टार स्ट्रक बाइ सनि लियोनी’ नेपाली बजारमा प्रवेश



बिजमाण्डू
२०८३ बैशाख ३१ गते १८:१७ | May 14, 2026
कस्मेटिक ब्रान्ड ‘स्टार स्ट्रक बाइ सनि लियोनी’ नेपाली बजारमा प्रवेश


भारतीय सेलिब्रेटी तथा उद्यमी सनी लियोनीको कस्मेटिक ब्रान्ड ‘स्टार स्ट्रक बाइ सनि लियोनी’ नेपाली बजारमा प्रवेश गरेको छ।

Tata
GBIME
Nepal Life

विशेषगरी ब्रान्डको ‘लक्स मेट लिपस्टिक’ लगायतका उत्पादनहरूले युवा पुस्ताको ध्यान आकर्षित गरिरहेको जनाइएको छ।

नेपालका लागि ब्रान्डको आधिकारिक आयातकर्ता निरज अग्रवाल रहेका छन्। यसको वितरण राहुल ट्रेडलिङ्क्समार्फत भइरहेको छ। कम्पनीका अनुसार नेपालमा सार्वजनिक भएको एक महिनामै उत्पादनले ग्राहकबाट अत्यन्त सकारात्मक प्रतिक्रिया पाएको छ।

अमेरिका, भारत, यूएईलगायत विभिन्न देशमा उपलब्ध  अन्तर्राष्ट्रिय बजारमा पनि उपलब्ध यो ब्रान्डका सामाग्रीहरु विश्वस्तरीय सौन्दर्य मापदण्डअनुसार निर्माण गरिएको कम्पनीले जनाएको छ। यसका उत्पादनहरू गुणस्तर, आकर्षक रङ तथा प्रिमियम प्याकेजिङका कारण लोकप्रिय रहेको जनाइएको छ।

नेपालमा हाल यस ब्रान्डका उत्पादनहरू जिभी र फरएभरीएनजीमार्फत उपलब्ध छन्।  ब्रान्डले आगामी दिनमा नेपालमा आफ्नो उपस्थिति अझ विस्तार गर्ने लक्ष्य लिएको छ।