एलएस होराइजन-१२ को १ अर्ब २० करोडको इकाइ निष्कासन, प्रति इकाइ मूल्य १० रुपैयाँ

बिजमाण्डू
२०८३ बैशाख ३० गते १०:०४ | May 13, 2026
एलएस होराइजन-१२ को १ अर्ब २० करोडको इकाइ निष्कासन, प्रति इकाइ मूल्य १० रुपैयाँ


काठमाडौं। लक्ष्मी सनराइज क्यापिटलले एलएस होराइजन-१२ को सार्वजिनक निष्कासन गरेको छ। क्यापिटलले बुधबारदेखि योजनाको इकाइमा आवेदन खुलाएको हो।

GBIME
Tata

क्यापिटलले प्रति इकाइ अंकित मूल्य १० रुपैयाँ दरको १ अर्ब २० करोड रुपैयाँको १२ करोड इकाइ निष्कासन गरेको छ। कुल निष्कासनमध्ये बीज पुँजी बापत १८ करोड रुपैयाँ बराबरको १ करोड ८० लाख इकाइ कोष प्रवर्द्धक लक्ष्मी सनराइज बैंक लिमिटेडलाई सुरक्षित गरिएको छ।

बाँकी १ अर्ब २ करोड रुपैयाँ बराबरको १०‍ करोड २० लाख इकाइ सर्वसाधारण लगानीकर्तालाई निष्कासन गरिएको हो।

लगानीकर्ताले प्रति इकाइ अंकित मूल्य १० रुपैयाँ दरमा १०० देखि १ करोड २० लाख इकाइका खरिदका लागि आवेदन दिन सक्नेछन्। इकाइ छिटोमा जेठ ४ गतेसम्म खुला रहनेछ।

त्यस अवधिमा इकाइ बिक्री नभए जेठ १३ गतेसम्म खुला रहने बिक्री प्रबन्धकले जनाएको छ। एलएस होराइजन १२ बन्दमुखी प्रकृतिको म्युचुअल फण्ड हो। यसको परिपक्व अवधि १२ वर्ष रहेको छ।