घट्न थालेको सुनको मूल्य फेरि बढ्दै तोलाको ३ लाख रुपैयाँमाथि, चाँदी पनि महँगियो



बिजमाण्डू
२०८३ बैशाख २९ गते ११:१३ | May 12, 2026
घट्न थालेको सुनको मूल्य फेरि बढ्दै तोलाको ३ लाख रुपैयाँमाथि, चाँदी पनि महँगियो


काठमाडौं। गत सातासम्म लगतार घट्न थालेको सुनको मूल्य फेरि बढ्दै तोलाको तीन लाख रुपैयाँ पनि नाघेको छ। मंगलबार कारोबार मूल्य प्रति तोला ३ लाख २ हजार ९ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Tata
GBIME

यो अघिल्लो दिनको तुलनामा तोलामा ४ हजार ४ सय रुपैयाँले बढेर कायम भएको मूल्य हो। अघिल्लो दिनका तुलनामा तोलामा ४ सय रुपैयाँ घटेर सोमार प्रति तोला २ लाख ९८ हजार ५ सय रुपैयाँ भएको थियो। साताको प्रारम्भमा तोलाको २ लाख ९८ हजार ९ सय रुपैयाँ थियो।

चाँदी पनि महँगिएको छ। अघिल्लो दिनको भन्दा ३ सय ५५ रुपैयाँ बढेर मंगलबार प्रति तोला ५ हजार ६ सय ९५ रुपैयाँ भएको छ। सोमबार ४० रुपैयाँ रुपैयाँ बढेर प्रति तोला ५ हजार ३ सय ४० रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य मंगलबार बढेको छ। सुन प्रति औंस ४७१८.७७ डलर र चाँदी प्रति औंस ८६.०२ डलरले कारोबार भइरहेको छ। सोमबार सुन प्रति औंस ४६७३.६५ डलर र चाँदी ८०.३१ डलर थियो।