ग्लोबल आइएमई लघुवित्तको नाफा ४६ प्रतिशतले बढ्यो, बोनस क्षमता १९.९२ प्रतिशत



बिजमाण्डू
२०८३ बैशाख २७ गते ११:१६ | May 10, 2026
ग्लोबल आइएमई लघुवित्तको नाफा ४६ प्रतिशतले बढ्यो, बोनस क्षमता १९.९२ प्रतिशत


काठमाडौं। ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको नाफा बढेको छ। चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म लघुवित्तको नाफा ४६.०७ प्रतिशतले बढेर २१ करोड ९५ लाख रुपैयाँ पुगेको छ।

Vigo
GBIME
Tata

पोहोर यसै अवधिको लघुवित्तको नाफा १५ करोड ३ लाख रुपैयाँ थियो। लघुवित्तले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार खुद ब्याज आम्दानी बढेसँगै नाफामा उल्लेख्य सुधार देखिएको हो।

चैत मसान्तसम्म लघुवित्तको खुद ब्याज आम्दानी ४२ करोड ७३ लाख रुपैयाँबाट बढेर ६७ करोड ८५ लाख रुपैयाँ पुगेको छ।

संस्थाको सञ्चालन नाफा पनि बढेको छ। गत वर्ष २१ करोड ४७ लाख रुपैयाँ रहेको सञ्चालन नाफा चालु वर्षको चैत मसान्तसम्म ३१ करोड ५० लाख रुपैयाँ पुगेको छ।

लघुवित्तको चुक्तापुँजी ६४ करोड ८२ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ७४ करोड ३६ लाख रुपैयाँ सञ्चित छ। कुल इक्विटी १ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ।

लघुवीत्तले चैत मसान्तसम्म १ अर्ब ४२ करोड रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ४ करोड रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ।

लघुवित्तको खराब कर्जा भने बढेको छ। पोहोर ९ महिनामा ४.४८ प्रतिशत रहेको खराब कर्जा बढेर ८.६९ प्रतिशत पुगेको छ।

नाफा बढे पनि बढ्दो खराब कर्जा संस्थाका लागि चुनौती बनेको छ। यसले कर्जा गुणस्तर खस्किएको संकेत गर्छ। आधार दर ११.१० प्रतिशतबाट घटेर ८.२४ प्रतिशतमा आएको छ।

यस्तै, प्रति सेयर आम्दानी ४५ रुपैयाँ १६ पैसा पुगेको छ। वितरणयोग्य मुनाफा १२ करोड ९१ लाख रुपैयाँ रहेको आधारमा संस्थाको बोनस क्षमता करिब १७.४८ प्रतिशत रहेको देखिन्छ।