नरैनापुर जाँदै गरेको अटोरिक्साबाट भारु ६ लाख रुपैयाँ बरामद, स्रोत खुलाउन नसक्दा दुई पक्राउ



बिजमाण्डू
२०८३ बैशाख २६ गते ०९:२९ | May 9, 2026
नरैनापुर जाँदै गरेको अटोरिक्साबाट भारु ६ लाख रुपैयाँ बरामद, स्रोत खुलाउन नसक्दा दुई पक्राउ


नेपालगञ्ज। प्रहरीले स्रोत नखुलेको ६ लाख भारतीय रूपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ। नरैनापुरतर्फ जाँदै गरेको अटोरिक्सा जाँचमा भारु फेला परेको हो।

Tata
GBIME

विशेष सूचनाका आधारमा जाँच गर्दा अवैध भारु ५०० र १००० का नोटसहित दुईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका डीएसपी दीपक पातलीले बताए। नेपालगञ्ज-२ स्थित एकलैनीबाट पक्राउ पर्नेमा नरैनापुर-५ का २९ वर्षीय वीरवल कुम्हार, नरैनापुर-४ का ३८ वर्षीय मुनिव खाँ छन्।

उक्त रकम आन्तरिक राजस्व कार्यालय, कोहलपुरमा बुझाइएको छ भने पक्राउ परेकालाई हिरासतमा लिएर अनुसन्धान भइरहेको जनाइएको छ।

त्यसैगरी प्रहरीले नेपालगन्जमा करिब ३ लाख ४६ हजार रुपैयाँ बराबरको भन्सार छली गरेर ल्याएका सामान बरामद गरेको छ। नेपालगन्जका वडा नं ३, १० र १७ बाट प्रहरीले भन्सार छली गरेर ल्याएको चुरोट, पान मसला, पेय पदार्थ र बोइलर कुखुरा ल्याउने यूपी ४० एस २०७८, भे२प ७५७८, भे९प ७०६४ नं को मोटरसाइकल समेत बरामद गरेको जनाएको छ।

बरामद गरिएका सबैसामान भन्सार कार्यालय, नेपालगन्जमा बुझाइएको प्रहरीले जनाएको छ।