रुपन्देहीको सिद्धार्थनगरस्थित एक ‘क्यासिनो’मा जुवा खेलिरहेका १९ नेपाली पक्राउ

बिजमाण्डू
२०८३ बैशाख २३ गते ०८:४१ | May 6, 2026
रुपन्देहीको सिद्धार्थनगरस्थित एक ‘क्यासिनो’मा जुवा खेलिरहेका १९ नेपाली पक्राउ


भैरहवा। रुपन्देहीको सिद्धार्थनगरस्थित एक क्यासिनोमा जुवा खेलिरहेका अवस्थामा १९ नेपाली नागरिक पक्राउ परेका छन्।

GBIME
Tata

लुम्बिनी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय रुपन्देहीको संयुक्त टोलीले सिद्धार्थनगर नगरपालिका-१० मा रहेको होटल गौतमबुद्ध इन्टरनेसनलभित्र संचालित रोयल कालिङ्गा क्यासिनोमा गए राति छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार पक्राउ पर्नेमा क्यासिनो व्यवस्थापनमा संलग्न ४ जना र जुवा खेलिरहेका १५ जना छन्। उनीहरूलाई विशेष सूचनाका आधारमा संचालन गरिएको अपरेसनका क्रममा नियन्त्रणमा लिइएको जनाएको छ।

पक्राउ परेकाहरू विभिन्न जिल्ला तथा रुपन्देही क्षेत्रका रहेको जनाइको छ। चन्दका अनुसार घटनास्थलबाट ९५ हजार ५०० रुपैयाँ, १७ थान मोबाइल र ५० थान क्यासिनो क्वाइन बरामद गरिएको छ। पक्राउ परेकामाथि जुवासम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस