फर्स्ट माइक्रोफाइनान्सको नाफामा ६१ प्रतिशतको वृद्धि, खराब कर्जा घट्यो, पुँजी कोष बलियो



बिजमाण्डू
२०८३ बैशाख २२ गते १०:४१ | May 5, 2026
फर्स्ट माइक्रोफाइनान्सको नाफामा ६१ प्रतिशतको वृद्धि, खराब कर्जा घट्यो, पुँजी कोष बलियो


काठमाडौं। फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको नाफा बढेको छ। चालु आर्थिक वर्ष २०८२/८३ को तेसो त्रैमाससम्म लघुवित्तको नाफा ६०.९७ प्रतिशतले बढेर ११ करोड ३७ करोड रुपैयाँ पुगेको छ।

Vigo
GBIME
Tata

पोहोर यसै अवधिमा लघुवित्तले ७ करोड ६ लाख रुपैयाँ खुद नाफा गरेको थियो। उक्त अवधिमा ब्याज आम्दानीसँगै फि कमिसन घट्दा नाफा प्रभावित भएको थियो।

यसपटक संस्थाको ब्याज आम्दानी २७.२९ प्रतिशतले घटेको छ। ब्याज आम्दानी खुम्चिएपनि घट्दो ब्याजदरले ब्याज खर्च घट्दा नाफा राम्रो देखिएको छ। चैत मसान्तसम्म ब्याज आम्दानी ३० करोड ९८ लाख छ। पोहोर ९ महिनामा लघुवित्तको यस्तो आम्दानी ४२ करोड ६१ लाख थियो।

बैंक तथा वित्तीय संस्थाहरूबाट लिएको सापटी घटेर ३ अर्ब ९० करोड पुगेको छ, जुन गत वर्ष ४ अर्ब ९० करोड थियो।

संस्थाको चुक्ता पुँजी १ अर्ब ३४ करोड छ भने जगेडा कोषमा ४२ करोड ४० लाख रुपैयाँ छ।

लघुवित्तको प्रतिसेयर आम्दानी ११.२७ रुपैयाँ छ। लघुवित्त खराब कर्जा अनुपात ४.७८ प्रतिशतबाट घटेर ४.३६ प्रतिशतमा आएको छ। लघुवित्तको खराब कर्जा अनुपात थोरै सुधारोन्मुख छ तर अझै पनि केही उच्च देखिन्छ।

पुँजी कोष पर्याप्तता ३३.१८५ छ, जुन नियामक निकायको सीमाभन्दा निकै बलियो स्थितिमा छ।

समग्रमा, फर्स्ट माइक्रोफाइनान्सको नाफामा राम्रो सुधार देखिएको छ र पुँजीको हिसाबले संस्था निकै सुरक्षित देखिन्छ। खराब कर्जा ४ प्रतिशतभन्दा माथि हुनुले कर्जा असुलीमा केही चुनौती रहेको संकेत देखिन्छ।