काठमाडौं। स्मार्ट टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान व्यूरो (सीआइबी)ले काठमाडौं महानगरपालिका-२ खुर्सानीटार बस्ने ४५ वर्षीय सर्बेश जोशीलाई नियन्त्रणमा लिएको हो।
ठगी तथा अपराधिक विश्वासघात कसुरमा नियन्त्रणमा लिएको व्यूरोका एसएसपी शिवकुमार श्रेष्ठले जानकारी दिए।
स्मार्ट टेलिकमलाई सञ्चालन अनुमति रद्द भइसकेको छ। हाल उक्त कम्पनी नेपाल दूरसञ्चार प्राधिकरणको अधीनमा छ। धेरै बक्यौता छन्।
दूरसञ्चार ऐन, २०५३ को दफा २५ को उपदफा (५) बमोजिम मिति २०८० बैशाख ३ गतेदेखि अनुमतिपत्र स्वतः रद्द भएकोमा दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली, २०७९ को नियम १८ बमोजिम सम्पूर्ण सम्पत्ति, दूरसञ्चार पूर्वाधार, संरचना, दूरसञ्चार प्रणाली र दूरसञ्चार सञ्जाल नेपाल दूरसञ्चार प्राधिकरणले नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिइएको छ।










