
काठमाडौं । इण्डियन आयल कर्पोरेशनले पठाएको पछिल्लो मूल्यसूची अनुसार नेपाल आयल निगम मासिक ४१ करोड रुपैयाँ घाटामा छ । के त्यसको अर्थ नेपाल पेट्रोलियम पदार्थको अर्को मूल्यवृद्धिका लागि तयार हो ? त्यसको स्पष्ट जवाफ अहिलेसम्म कसैसँग छैन, पेट्रोलियम पदार्थको मूल्यवृद्धि सरकारको मुड र नेपाल आयल निगमको योजनामा भर पर्छ । अहिले नेपाल आयल निगमलाई डिजेल र खाना पकाउने ग्यासमा घाटा छ तर पेट्रोल, मट्टितेल र हवाई इन्धनमा नाफा छ । यो हिसावमा निगमलाई अहिले डिजेल र खाना पकाउने मूल्य बढाउन दवाव छ । निगमलाई प्रतिलिटर पेट्रोलमा तीन रुपैयाँ ३६ पैसा नाफा छ ।
अहिले प्रतिलिटर पेट्रोलको मूल्य एक सय २० रुपैयाँ छ, यो भनेको बार्षिक औषत ५८ हजार रुपैयाँ आय गर्ने नेपालीलाई पाँच लिटर पेट्रोल किन्न तीन दिनको आय चाहिन्छ । तर विश्वमा यस्तो पनि देश छ जहाँ एक लिटर पेट्रोल मात्र दुई रुपैयाँमा पाइन्छ । व्लुमवर्गले एशोसिएट्स फर इन्टरनेशनल रिसर्च इन्कसँगको साझेदारीमा तयार गरेको सूची अनुसार ह्युगो चाभेजको देश संसारमा सबैभन्दा सस्तो पेट्रोल पाइने देश हो ।
नर्वेमा पेट्रोल संसारको सबैभन्दा महँगो पर्छ । नर्वेमा प्रतिलिटर पेट्रोलको मूल्य नेपालको दोब्बर २३९ रुपैयाँ पर्दछ । दैनिक औषत तीन डलरभन्दा बढी प्रतिव्याक्ति आम्दानी भएको ६० वटा मुलुकमा भारत १४ औं सस्तो मुलुक हो । भारतमा पेट्रोल नेपालमा भन्दा आठ रुपैयाँ महँगो प्रतिलिटर १२८ रुपैयाँ पर्दछ । पेट्रोल सस्तोमा पाइने दश मुलुकको सूचीमा पाकिस्तान दशौं नम्वरमा पर्दछ । पाकिस्तानमा पेट्रोल नेपालमा भन्दा ३७ रुपैयाँ महँगो प्रतिलिटर ८३ रुपैयाँ पर्दछ । कुन देशमा कति पर्दछ पेट्रोल ? महँगा १० देश र सस्ता दश देशको सूची । स्रोत : व्लुमवर्ग
कहाँ कति पर्छ ?
महँगा १० मुलुक | सस्ता १० मुलुक | ||||
देश | डलरमा | रूपैयाँमा | देश | डलरमा | रूपैयाँमा |
नर्वे | २.६७ | २३९ | भेनेजुयला | ०.०२ | २ |
टर्की | २.४८ | २२२ | साउदीअरव | ०.१६ | १४ |
इजरायल | २.४५ | २१९ | कुवेत | ०.२३ | २१ |
हङकङ | २.२७ | २०३ | इजिप्ट | ०.४५ | ४० |
नेदरल्याण्ड | २.१८ | १९५ | युएई | ०.४९ | ४४ |
डेनमार्क | २.१६ | १९३ | नाइजेरिया | ०.६१ | ५४ |
इटाली | २.१५ | १९२ | इरान | ०.७३ | ६६ |
स्वीडेन | २.१५ | १९२ | मलेसिया | ०.८५ | ७६ |
ग्रिस | २.०९ | १८७ | मेक्सिको | ०.८५ | ७६ |
बेलायत | २.०७ | १८६ | पाकिस्तान | ०.९३ | ८३ |