BIZMANDU
www.bizmandu.com

कहाँ भर्ने तेल ? भेनेजुयलामा गए प्रतिलिटर जम्मा दुई रुपैयाँ, नर्वे गए २३९

२०६९ भदौ २

कहाँ भर्ने तेल ? भेनेजुयलामा  गए प्रतिलिटर जम्मा दुई रुपैयाँ, नर्वे गए २३९
कहाँ भर्ने तेल ? भेनेजुयलामा गए प्रतिलिटर जम्मा दुई रुपैयाँ, नर्वे गए २३९

काठमाडौं । इण्डियन आयल कर्पोरेशनले पठाएको पछिल्लो मूल्यसूची अनुसार नेपाल आयल निगम मासिक ४१ करोड रुपैयाँ घाटामा छ । के त्यसको अर्थ नेपाल पेट्रोलियम पदार्थको अर्को मूल्यवृद्धिका लागि तयार हो ? त्यसको स्पष्ट जवाफ अहिलेसम्म कसैसँग छैन, पेट्रोलियम पदार्थको मूल्यवृद्धि सरकारको मुड र नेपाल आयल निगमको योजनामा भर पर्छ । अहिले नेपाल आयल निगमलाई डिजेल र खाना पकाउने ग्यासमा घाटा छ तर पेट्रोल, मट्टितेल र हवाई इन्धनमा नाफा छ । यो हिसावमा निगमलाई अहिले डिजेल र खाना पकाउने मूल्य बढाउन दवाव छ । निगमलाई प्रतिलिटर पेट्रोलमा तीन रुपैयाँ ३६ पैसा नाफा छ ।
अहिले प्रतिलिटर पेट्रोलको मूल्य एक सय २० रुपैयाँ छ, यो भनेको बार्षिक औषत ५८ हजार रुपैयाँ आय गर्ने नेपालीलाई पाँच लिटर पेट्रोल किन्न तीन दिनको आय चाहिन्छ । तर विश्वमा यस्तो पनि देश छ जहाँ एक लिटर पेट्रोल मात्र दुई रुपैयाँमा पाइन्छ । व्लुमवर्गले एशोसिएट्स फर इन्टरनेशनल रिसर्च इन्कसँगको साझेदारीमा तयार गरेको सूची अनुसार ह्युगो चाभेजको देश संसारमा सबैभन्दा सस्तो पेट्रोल पाइने देश हो ।
नर्वेमा पेट्रोल संसारको सबैभन्दा महँगो पर्छ । नर्वेमा प्रतिलिटर पेट्रोलको मूल्य नेपालको दोब्बर २३९ रुपैयाँ पर्दछ । दैनिक औषत तीन डलरभन्दा बढी प्रतिव्याक्ति आम्दानी भएको ६० वटा मुलुकमा भारत १४ औं सस्तो मुलुक हो । भारतमा पेट्रोल नेपालमा भन्दा आठ रुपैयाँ महँगो प्रतिलिटर १२८ रुपैयाँ पर्दछ । पेट्रोल सस्तोमा पाइने दश मुलुकको सूचीमा पाकिस्तान दशौं नम्वरमा पर्दछ । पाकिस्तानमा पेट्रोल नेपालमा भन्दा ३७ रुपैयाँ महँगो प्रतिलिटर ८३ रुपैयाँ पर्दछ । कुन देशमा कति पर्दछ पेट्रोल ? महँगा १० देश र सस्ता दश देशको सूची । स्रोत : व्लुमवर्ग

Tata
GBIME
Nepal Life

कहाँ कति पर्छ ?

महँगा १० मुलुक सस्ता  १० मुलुक
देश डलरमा रूपैयाँमा देश डलरमा रूपैयाँमा
नर्वे        २.६७       २३९ भेनेजुयला        ०.०२       
टर्की  २.४८ २२२ साउदीअरव        ०.१६       १४
इजरायल २.४५ २१९ कुवेत            ०.२३        २१
हङकङ    २.२७        २०३ इजिप्ट            ०.४५        ४०
नेदरल्याण्ड   २.१८        १९५ युएई            ०.४९        ४४
डेनमार्क    २.१६        १९३ नाइजेरिया        ०.६१        ५४
इटाली        २.१५        १९२ इरान            ०.७३        ६६
स्वीडेन    २.१५        १९२ मलेसिया        ०.८५        ७६
ग्रिस       २.०९       १८७ मेक्सिको       ०.८५       ७६
बेलायत २.०७ १८६ पाकिस्तान        ०.९३        ८३