लगातार ओरालो लाग्यो सुनचाँदीको भाउ, सुन तोलामा १८०० सस्तिँदा चाँदी कतिमा हुँदैछ कारोबार?



बिजमाण्डू
२०८३ बैशाख १७ गते १२:०४ | Apr 30, 2026
लगातार ओरालो लाग्यो सुनचाँदीको भाउ, सुन तोलामा १८०० सस्तिँदा चाँदी कतिमा हुँदैछ कारोबार?


काठमाडौं। सुनको मूल्य घटेको छ। अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा १ हजार ८ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Tata
GBIME

बिहीबार सुनको कारोबार मूल्य प्रति तोला २ लाख ९२ हजार ७ सय रुपैयाँ निर्धारण भएको छ। बुधबार सुन तोलामा ३ हजार रुपैयाँले घट्दै प्रति तोला २ लाख ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य तोलामा १०५ रुपैयाँ घटेर बिहीबार प्रति तोलामा ४ हजार ८ सय १० रुपैयाँ कायम भएको छ। बुधबार चाँदी प्रति तोला ४ हजार ९ सय १५ रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेर प्रति औँस ४५६३.९९ डलर भएको छ। चाँदी प्रति औंस ७२ .१६ डलर छ। बुधबार सुन प्रति औंस ४६०३.०७ डलर र चाँदी ७३.७४ डलरमा कारोबार भएको थियो।