काठमाडौं। नेपाल धितोपत्र बोर्ड(सेबोन)ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका लागि सुझाव मागेको छ।
सेबोनले बुधबार सूचना निकालेर आर्थिक वर्ष २०८३/८४ का लागि धितोपत्र बजार सम्बन्धी नीति तथा कार्यक्रमका लागि सुझाव मागेको हो। सुझाव पेस गर्न जेठ १५ सम्मको समय दिइएको छ।
सेबोनले धितोपत्र बजार तथा वस्तु विनिमय बजारको विकास तथा विस्तारका लागि प्रत्येक आर्थिक वर्ष बजार सम्बन्धी नीति तथा कार्यक्रम तर्जुमा गर्दै आएको छ।










