सुनचाँदीको कारोबार मूल्य लाग्यो ओरालो, सुन तोलामा ३ हजार घट्दा चाँदी ३० रुपैयाँ सस्तियो



बिजमाण्डू
२०८३ बैशाख १६ गते ११:११ | Apr 29, 2026
सुनचाँदीको कारोबार मूल्य लाग्यो ओरालो, सुन तोलामा ३ हजार घट्दा चाँदी ३० रुपैयाँ सस्तियो


काठमाडौं। सुनचाँदीको मूल्य लगातार घट्न थालेको छ। अघिल्लो दिनको भन्दा सुन तोलामा ३ हजार रुपैयाँले घटेको छ।

Tata
GBIME

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको कारोबार मूल्य प्रति तोला २ लाख ९४ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ। मंगलबार पनि सुन तोलामा ३ हजार रुपैयाँले घटेर प्रति तोला २ लाख ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। गत सोमबार सुन प्रति तोला ३ लाख ५ सय रुपैयाँ पुगेको थियो।

चाँदीको मूल्य अघिल्लो दिनका तुलनामा ३० रुपैयाँले घटेर बुधबार प्रति तोला ४ हजार ९  सय १५ रुपैयाँ भएको छ। सोमबारका तुलनामा १०० रुपैयाँले घट्दा मंगलबार प्रति तोला ४ हजार ९ सय ४५ रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रति औंस ४६०३.०७ डलर र चाँदी प्रति औंस ७३.७४ डलरले कारोबार भइरहेको छ।