एमजीको विद्युतीय पिकअप नेपालमा सार्वजनिक गरिंदै, लक्जरी र फ्ल्यागसिप भेरियन्टमा उपलब्ध हुने



बिजमाण्डू
२०८३ बैशाख १४ गते १९:१५ | Apr 27, 2026
एमजीको विद्युतीय पिकअप नेपालमा सार्वजनिक गरिंदै, लक्जरी र फ्ल्यागसिप भेरियन्टमा उपलब्ध हुने

काठमाडौं। एमजीको विद्युतीय पिकअप गाडी नेपाली बजारमा बिक्री गरिने भएको छ।

Tata
GBIME
Nepal Life

नेपालका लागि एमजी मोटरको आधिकारिक बिक्रेता प्यारामाउन्ट मोटर्सले आफ्नो प्रिमियम इभी पोर्टफोलियोलाई थप मजबुत बनाउन पूर्ण इलेक्ट्रिक पिकअप एमजी यू१९ इभी सार्वजनिक गर्ने तयारी गरेको छ।

अत्याधुनिक प्रविधि र विलासी फिचरले भरिपूर्ण गाडी लक्जरी र फ्ल्यागसिप भेरियन्टमा उपलब्ध हुने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार गाडीमा जडान गरिएको डुअल मोटर (फ्रन्ट १२५ किलोवाट र रियर २०० किलोवाट)ले कुल ३२५ किलोवाटसम्मको पावर र ७०० एनएम टर्क प्रदान गर्छ।

५.८ सेकेन्डमा शून्यदेखि १०० किलोमिटर प्रति घण्टाको गति समात्न सक्ने पिकअपमा रहेको एयर सस्पेन्सन र विभिन्न ड्राइभिङ मोडले कठिन भू-बनोटमा पनि आरामदायी यात्रा सुनिश्चित गर्ने कम्पनीले जनाएको छ।

गाडीमा १०२.२ किलोवाट क्षमताको ब्याट्री जडान गरिएको छ जसले एक पटकको फुलचार्जमा ४३० किलोमिटरसम्मको रेन्ज प्रदान गर्छ। फास्ट चार्जिङ प्रविधिमार्फत यसलाई मात्र ४२ मिनेटमा २० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिने कम्पनीले जनाएको छ।

गाडीको भित्री बनावट अत्यन्तै विलासी छ। यसमा १२.३ इन्चको इन्फोटेन्मेन्ट स्क्रिन, ८ वटा स्पिकरयुक्त जेबीएल अडियो सिस्टम र ६४ कलरको एम्बियन्ट लाइटिङ छ।

फ्ल्यागसिप भेरियन्टमा चालकको सिटका लागि ८-वे इलेक्ट्रोनिक एडजस्टमेन्ट, भेन्टिलेसन, मसाज र मेमोरी फङ्सन जस्ता प्रिमियम सुविधा उपलब्ध छन्।

कम्पनीका अनुसार सुरक्षाका लागि गाडीमा ३६० डिग्री एचडी क्यामेरा, एडाप्टिभ क्रुज कन्ट्रोल, अटोनोमस इमर्जेन्सी ब्रेकिङ, र लेनकिप असिस्ट जस्ता एडभान्स्ड ड्राइभर असिस्ट सिस्टम फिचर समावेश छन्।