काठमाडौं। सानिमा इक्विटी फण्ड-२ ले एक अर्ब रुपैयाँ बराबरको इकाइ निष्कासन गर्ने भएको छ।
वैशाख २४ देखि निष्कासन गरिने इकाइमा वैशाख २९ गतेसम्म आवेदन दिन सकिनेछ। यस अवधिसम्म इकाइ बिक्री नभए लगानीकर्ताले जेठ ७ गतेसम्म आवेदन दिन पाउनेछन्।
१० वर्षे अवधिको सानिमा इक्विटी फण्ड-२ ले अंकित मूल्य १० रुपैयाँ दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाइ निष्कासन गर्न लागेको हो।
प्रवर्धक सानिमा बैंकलाई निष्कासनको १३ प्रतिशतले हुन आउने १ करोड ३० लाख इकाइ छुट्याइएको छ। यस्तै, योजना व्यवस्थापक सानिमा क्यापिटललाई २ प्रतिशतले हुन आउने २० लाख इकाइ छुट्याइएको छ।
त्यसबाहेक बाँकी रहेको ८ करोड ५० लाख इकाइ सर्वसाधारणका लागि निष्कासन गरिने बिक्री प्रबन्धकले जनाएको छ। लगानीकर्ताले १०० देखि अधिकतम १ करोड इकाइका लागि आवेदन दिन सक्नेछन्।
सानिमा इक्विटी फण्ड-२ बन्दमुखी प्रकृतिको म्युचुअल फण्ड हो।










