काठमाडौं। सुनचाँदीको मूल्य शुक्रबार पनि घटेको छ। अघिल्लो दिनको तुलनामा सुन तोलामा २ हजार २ सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्यमा प्रति तोला ७५ रुपैयाँको गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको कारोबार मूल्य प्रति तोला २ लाख ९६ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ। बिहीबार सुन तोलामा १ हजार ८ सय रुपैयाँले घटेर २ लाख ९८ हजार ७ सय रुपाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य शुक्रबार प्रति तोला ४ हजार ९ सय ४५ रुपैयाँ कायम भएको छ। बिहीबार चाँदी तोलामा १ सय १० रुपैयाँले घटेर प्रति तोला ५ हजार २० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुन प्रति औंस ४६७९.४६ डलर र चाँदी प्रति औंस ७५.११ डलर छ। बिहीबार सुन प्रति औंस ४७०९.९३ डलर र चाँदी प्रति औंस ७६.३१ डलर थियो।










