काठमाडौं। नेपाल स्टक एक्सचेन्जमा दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ। ग्रीन डेभलपमेन्ट बैंक र ग्लोबल आइएमई लघुवित्तको बोनस सेयर नेप्सेमा बुधबार सूचीकृत भएको हो।
ग्रीन डेभलपमेन्टको ४ लाख ५८ हजार १५ कित्ता र आइएमई लघुवित्तको २ लाख ९३ हजार ९७७ कित्ता बोनस सेयर नेप्सेमा थपिएको छ। ग्रीन डेभलपमेन्टले सेयरधनीलाई पोहोरको मुनाफाबाट ८.०३ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।
यस्तै, आइएमई लघुवित्तले गत वर्षको मुनाफाबाट सेयरधनीलाई ४.७५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो। सूचीकृत बोनस सेयर बिहीबारदेखि कारोबारमा आउनेछ।










