सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन प्रति तोला ८ सय र चाँदी ३० रुपैयाँ सस्तियो



बिजमाण्डू
२०८३ बैशाख ९ गते ११:३७ | Apr 22, 2026
सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन प्रति तोला ८ सय र चाँदी ३० रुपैयाँ सस्तियो


काठमाडौं। सुनचाँदीको भाउमा सामान्य गिरावट आएको छ। अघिल्लो दिनको तुलनामा बुधबार सुन तोलामा ८ सय रुपैयाँ घटेर प्रति तोला ३ लाख ५ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Tata
GBIME

मंगलबार सुन तोलामा १ हजार ६ सय रुपैयाँले बढेर प्रति तोला ३ लाख १ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य भने २ दिनदेखि घटिरहेको छ। मंगलबारको भन्दा चाँदी तोलामा ३० रुपैयाँ घटेर बुधबार प्रति तोला ५ हजार १ सय ३० रुपैयाँ कायम भएको छ।

मंगलबार चाँदी तोलामा ३० रुपैयाँ घटेर प्रति तोला ५ हजार १ सय ६० रुपैयाँमा थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेर प्रति औंस ४७५६.९४ डलर र चाँदी प्रति औंस ७८.१६ डलर छ। मंगलबार सुन प्रति औंस ४७९२.२६ डलर र चाँदी प्रति औंस ७८.८८ डलर थियो।