जय ट्रफी खेल्ने टोलीको लाग्यो टुंगो, पीएम कपको उपाधिमा आर्मी र सुदूरपश्चिमको प्रतिस्पर्धा



बिजमाण्डू
२०८३ बैशाख २ गते १९:३० | Apr 15, 2026
जय ट्रफी खेल्ने टोलीको लाग्यो टुंगो, पीएम कपको उपाधिमा आर्मी र सुदूरपश्चिमको प्रतिस्पर्धा
आर्मीलाई शतप्रतिशत जितसहित फाइनलमा पुर्‍याएका कप्तान विनोद भण्डारी। तस्बिर; क्यान

काठमाडौं।  प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम प्रदेश भिड्ने भएका छन्। आज लिग चरणका खेल सकिँदा जय ट्रफी खेल्ने ६ टोलीसँगै फाइनल खेल्ने टोलीको पनि टुंगो भएको हो।

Tata
GBIME
Nepal Life

प्रधानमन्त्री कपका शीर्ष ६ टोलीले आगामी जय ट्रफी खेल्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ। यसअघिका दुई संस्करणमा पीएम कपमा शीर्ष चार टोलीले जय ट्रफी खेलेका थिए। यसपाला लिग चरण सकिँदा अपराजित आर्मीले ९ खेलबाट १७ अंङ्क बनाउँदै शीर्षस्थानमा रहँदा १२ अंक बनाएको सुदूरपश्चिम दोस्रो स्थानमा रहँदै सुदूरपश्चिम फाइनल पुगेको हो।

आज लिग चरणको अन्तिम दिनको खेलमा आर्मीले लुम्बिनी प्रदेशलाई १ विकेटले हराउँदा मधेशले नेपाल पुलिसलाई ४ विकेटले हरायो।

जय ट्रफी खेल्ने टोलीले शीर्ष दुईमा रहेका आर्मी र सुदूरपश्चिमसहित एपीएफ, मधेश, नेपाल पुलिस र लुम्बिनी प्रदेश छन्।

पीएम कपको फाइनलमा शुक्रबार आर्मी र सुदूरपश्चिम भिड्नेछन्।