काठमाडौं। सुनचाँदीको मूल्य लगातार बढ्न थालेको छ। अघिल्लो दिनको तुलनामा बुधबार सुन तोलामा २ हजार ९ सय रुपैयाँ वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रति तोला ३ लाख २ हजार ७ सय रुपैयाँ निर्धारण भएको छ। मंगलबार पनि सुन तोलामा ३ हजार १ सय रुपैयाँले बढेर प्रति तोला २ लाख ९९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य बुधबार १५५ रुपैयाँ बढेर प्रति तोला ५ हजार २ सय २० रुपैयाँ पुगेको छ। मंगलबार चाँदी तोलामा १ सय ६५ रुपैयाँले बढ्दै प्रति तोला ५ हजार ६५ रुपैयाँमा कारोबार भएको थियो।
अमेरिका र इरानबीच सम्भावित शान्ति वार्ताको आशाले आपूर्ति अवरोधको चिन्ता केही कम हुँदा सुनचाँदीको भाउ बढ्न थालेको छ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बुधबार बढेर प्रति औंस ४ हजार ८ सय २५ डलर पुगेको छ। चाँदी प्रति औंस ७८.८२ डलर छ।
मंगलबार सुन प्रति औंस ४७६५.३८ डलर र चाँदी प्रति औंस ७६.८३ डलर थियो।











