कोलकाता नाइट राइडर्स चेन्नइ सुपर किंग्ससँग पराजित भएको छ। इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा चेन्नइले कोलकातालाई ३२ रनले हराएको हो।
चेन्नइस्थित एमए चिदम्बरम स्टेडियममा सम्पन्न खेलमा टस हारेर ब्याटिङमा उत्रिएको घरेलु टोलीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १९२ रन बनाएको थियो। यसक्रममा सञ्जु सामसनले सर्वाधिक ४८ रन बनाउँदा डेवाल्ड ब्रेभिसले ४१ तथा आयुष महत्रेयले ३८ रनको योगदान दिए। बलिङमा कोलकाताका कार्तिक त्यागीले २ विकेट लिँदा वैभव अरोरा, अन्कुल रोय र सुनिल नारायणले समान १ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको कोलकाता ७ विकेट गुमाएर १६० रनमा समेटियो। कोलकाताका लागि रमनदीप सिंहले सर्वाधिक ३५ रन बनाउँदा अङक्रिस रघुवंशीले २७, अजिंक्य रहाणेले २८ तथा सुनिल नारायणले २४ रन बनाए। बलिङमा चेन्नइका नूर अहमदले ३ विकेट लिँदा अन्सुल खम्बोजले २ तथा खलील अहमद र अकिल हुसैनले समान १ विकेट लिए।
योसँगै कोलकाताको हारको शृङखलाले निरन्तरता भएको छ। यो संस्करणमा एउटै जित ननिकालेको कोलकाता एकमात्र टोली हो। चेन्नइलाई भने यो जितले राहत दिएको छ। सुरुवाती तीन खेलमा हार पछि यो उसको लगातार दोस्रो जित हो। तालिकामा चेन्नइ ८ औँ स्थानमा छ भने कोलकाता पुछारमा छ।
आज रोयल च्यालेन्जर्स बेङ्ग्लुरु र लखनउ सुपर जायन्ट भिड्दैछन्।











