सुनचाँदीको मूल्य घट्यो, सोमबार सुन तोलाको २ लाख ९६ हजार ७ सय रुपैयाँमा आइपुग्यो



बिजमाण्डू
२०८२ चैत्र ३० गते ११:४१ | Apr 13, 2026
सुनचाँदीको मूल्य घट्यो, सोमबार सुन तोलाको २ लाख ९६ हजार ७ सय रुपैयाँमा आइपुग्यो


काठमाडौं। सुनचाँदीको मूल्य फेरि घट्न थालेको छ। अघिल्लो दिनको भन्दा सोमबार सुन तोलामा ४ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार कारोबार मूल्य प्रति तोला २ लाख ९६ हजार ७ सय रुपैयाँ भएको छ।

Tata
GBIME

गत शुक्रबारका तुलनामा २ सय रुपैयाँ बढ्दा साताको पहिलो दिन तोलाको २ लाख ९७ हजार १ सय रुपैयाँ भएको थियो। गत शुक्रबार २ लाख ९६ हजार ९ सय रुपैयाँ थियो।

एक वर्षमा सुनको मूल्यमा १ लाख १० हजार ७ सय रुपैयाँ बढेको छ। २०८१ चैत ३० मा सुन प्रति तोला १ लाख ८६ हजार रुपैयाँ थियो।

चाँदीको मूल्य अघिल्लो दिनका तुलनामा सोमबार तोलामा ७५ रुपैयाँले सस्तिएको छ। कारोबार मूल्य प्रति तोला ४ हजार ९ सय रुपैयाँ कायम भएको छ। गत शुक्रबारका तुलनामा १५ रुपैयाँ बढ्दै आइतबार तोलाको ४ हजार ९ सय ७५ रुपैयाँ भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रति औंस ४७२२.१५ डलर र चाँदी प्रति औंस ७४.४ डलरले कारोबार भइरहेको छ।