लखनउ सुपर जायन्टले कोलकाता नाइट राइडर्सलाई हराएको छ। इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा लखउनले कोलकातालाई ३ विकेटले हराएको हो।
कोलकातास्थित इडन गार्डेन स्टेडियममा सम्पन्न खेलमा टस हारेर ब्याटिङमा उत्रिएको घरेलु टोलीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १८१ रन बनाएको थियो। कोलकाताका लागि अङक्रिस रघुवंशीले सर्वाधिक ४५ रन बनाउँदा कप्तान अजिंक्य रहाणेले ४१ रन बनाए। त्यस्तै, रोभमन पावेल ३९ तथा क्यामरन ग्रीन ३२ रनमा अविजित रहे। लखनउका प्रिन्स यावद, मनिरमण सिद्धार्थ, दिग्वेस राठी र अभेस खानले समान १ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको लखनउले ७ विकेट गुमाएर अन्तिम बलमा लक्ष्य भेट्टायो। लखनउका लागि आयुष बडोनी र मुकुल चौधरीले अर्धशतक प्रहार गर्दै टोलीलाई लक्ष्यसम्म डोहोर्याए। यी दुबैले ५४ रन बनाउँदा ऐडन मार्क्रमले २२ तथा मिचेल मार्सले १५ रन बनाए। बलिङमा कोलकाताका वैभव अरोरा र अंकुल रोयले समान २ विकेट लिँदा सुनिल नारायण, कार्तिक त्यागी र क्यामरन ग्रीनले समान १ विकेट लिए पनि डिफेन्ड गर्न सकेनन्।
जारी सिजन एउटै जित निकाल्न नसकेको कोलकाता ४ खेलबाट १ अंकसहित तालिकाको ९ औँ स्थानमा छ। ३ खेलबाट ४ अंक बनाएको कोलकाता भने तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ।











