काठमाडौं। सीइडीबी होल्डिङ लिमिटेड (सीएचडीसी)को सञ्चालक समितिमा हेरफेर भएको छ।
कम्पनीकी सञ्चालक आयुषा श्रेष्ठले राजीनामा दिएकी छन्। आयुषाले कार्यव्यस्तताको कारण देखाएर राजीनामा दिएकी हुन्।
कम्पनीको सञ्चालक समितिको बुधबार बिहान बसेको बैठकले आयुषाको राजीनामा स्वीकृत गरेको छ। बैठकले उनको स्थानमा बुधबारबाट लागू हुने गरी संगीता विकलाई नियुक्त गरेको छ।










