अमेरिका-इरान युद्धविराम सहमतिसँगै सुनचाँदीको मूल्य उच्च, सुन तोलामा ७ हजार २०० बढ्यो



बिजमाण्डू
२०८२ चैत्र २५ गते ११:४३ | Apr 8, 2026
अमेरिका-इरान युद्धविराम सहमतिसँगै सुनचाँदीको मूल्य उच्च, सुन तोलामा ७ हजार २०० बढ्यो


काठमाडौं। अमेरिका र इरानबीच युद्धविरामको सहमति भएसँगै अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य महँगिएको छ। नेपाली बजारमा सुन अघिल्लो दिनको भन्दा तोलामा ७ हजार २ सय रुपैयाँ बढेको छ। चाँदी पनि तोलामा २०५ रुपैयाँ बढेको छ।

Tata
GBIME

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको कारोबार मूल्य प्रति तोला २ लाख ९९ हजार रुपैयाँ निर्धारण भएको छ।

मंगलबार सुन तोलामा ४ सय रुपैयाँ बढेर प्रति तोला २ लाख ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य तोलाको ५ हजार २५ रुपैयाँ भएको छ। यसअघि सोमबारका तुलनामा ४० रुपैयाँ बढ्दा मंगलबार प्रति तोला ४ हजार ८ सय २० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेर प्रति औंस ४८१९.७१ डलरले कारोबार भइरहेको छ। चाँदी प्रति औंस ७६.८७ डलर पुगेको छ। मंगलबार सुन प्रति औंस ४६५२.५६ डलर र चाँदी ७२.७५ डलर थियो।