काठमाडौं। घट्न थालेको सुनचाँदीको मूल्य फेरि बढेको छ। अघिल्लो दिनको भन्दा मंगलबार सुन तोलामा ४ सय रुपैयाँले महँगिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको कारोबार मूल्य प्रति तोला २ लाख ९१ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ।
साताको पहिलो दिनका तुलनामा २ हजार ६ सय रुपैयाँ घट्दा सोमबार कारोबार मूल्य प्रति तोला २ लाख ९१ हजार ४ सय रुपैयाँ भएको थियो।
चाँदीको मूल्य मंगलबार तोलाको ४ हजार ८ सय २० रुपैयाँ पुगेको छ। अघिल्लो दिनका तुलनामा तोलामा ४० रुपैयाँ बढेको हो।आइतबारका तुलनामा ५० रुपैयाँ घट्दा सोमबार तोलाको ४ हजार ७ सय ८० रुपैयाँ भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनको प्रति औंस ४६५२.१ डलर र चाँदी प्रति औंस ७२.७५ डलरले कारोबार भइरहेको छ। सोमबार सुन प्रति औंस ४६७४.५६ डलर र चाँदी ७२.९९ डलर थियो।











