काठमाडौं। जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाललाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।
जिल्ला अदालत काठमाडौंले ५ दिनको म्याद दिएको अदातलका सूचना अधिकारी दीपक कुमार श्रेष्ठले जानकारी दिए।
सुलभसँग विभागले आइतबारदेखि बयान लिइरहेको छ। उनी शनिबार पक्राउ परेका थिए। बयान नसकिएपछि विभागले उनलाई हिरासतमा राख्नका लागि अदालतसँग १० दिन म्याद मागेको थियो।
सुलभका बुबा शंकर भने बयानपछि विभागले बोलाएको समयमा हाजिर हुने सर्तमा छुटेका छन्।
बिचौलिया दीपक भट्टसँग मिलेर आर्थिक अपराध गरेको खुलेपछि शंकर ग्रुपका अग्रवाल परिवार अनुसन्धानमा तानिएका हुन्।










