सुनचाँदी बजार : सुनको मूल्य बिहीबारदेखि स्थिर, चाँदीको पनि शुक्रबारकै भाउ यथावत



बिजमाण्डू
२०८२ चैत्र २२ गते ११:५८ | Apr 5, 2026
सुनचाँदी बजार : सुनको मूल्य बिहीबारदेखि स्थिर, चाँदीको पनि शुक्रबारकै भाउ यथावत


काठमाडौं। स्थानीय बजारमा बिहीबारदेखि सुनको भाउ स्थिर छ। शुक्रबार बढेको चाँदीको मूल्य पनि आइतबार स्थिर कायम भएको हो।

Tata
GBIME

सुनको मूल्य भने शुक्रबारदेखि स्थिर छ। बिहीबार सुनको मूल्य तोलामा ३ हजार ६ सय रुपैयाँले घटेर २ लाख ९४ हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि आइतबार स्थिर छ। शुक्रबार चाँदीको मूल्य तोलामा ५० रुपैयाँ बढेर प्रति तोला ४ हजार ८ सय ३० रुपैयाँ थियो।

बिहीबार चाँदीको मूल्य तोलामा १६५ रुपैयाँ घटेर प्रति तोला ४ हजार ७८० रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रति औंस ४६७६.४ डलर र चाँदी प्रति औंस ७२.९९ डलर छ।