एनआरएन इन्फ्रास्ट्रक्चर कम्पनीमा सञ्चालक नियुक्त भएको एक महिनामा अध्यक्ष बने ढुंगाना



बिजमाण्डू
२०८२ चैत्र १७ गते ११:०२ | Mar 31, 2026
एनआरएन इन्फ्रास्ट्रक्चर कम्पनीमा सञ्चालक नियुक्त भएको एक महिनामा अध्यक्ष बने ढुंगाना

काठमाडौं। पूर्वबैंकर ज्ञानेन्द्रप्रसाद ढुंगाना एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीको अध्यक्ष बनेका छन्।

Tata
GBIME
Nepal Life

ढुंगाना कम्पनीको स्वतन्त्र सञ्चालक नियुक्त भएको एक महिनापछि अध्यक्ष बनेका हुन्।

कम्पनीले सञ्चालक समितिको सोमबार बसेको बैठकले ढुंगानालाई सोमबारबाटै लागू हुने गरी अध्यक्षमा मनोनयन गरेको जनाएको छ। ढुंगाना नबिल बैंकका पूर्वसीइओ हुन्। उनले एक वर्षअघि नबिल बैंकको सीइओबाट राजीनामा दिएका थिए।

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीमा यसअघि सीताराम थपलिया अध्यक्ष थिए।