काठमाडौं। अपि पावर कम्पनीमा कार्यकारी सञ्चालक फेरिएका छन्।
कार्यकारी सञ्चालक सञ्जीव न्यौपानेले कार्य व्यस्तता देखाएर राजीनामा दिएका छन्। उनले सञ्चालक मात्र रहने गरी राजीनामा दिएपछि कम्पनीले उनको स्थानमा सोमबार शाश्वत चालिसेलाई नियुक्त गरेको छ।
चालिसेलाई सुरुमा सञ्चालक नियुक्त गरेर त्यसपछि प्रबन्ध सञ्चालकको जिम्मेवारी दिइएको हो।










