सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २२ सय घट्दा चाँदी १८५ रुपैयाँ सस्तियो



बिजमाण्डू
२०८२ चैत्र ४ गते ११:५९ | Mar 18, 2026
सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २२ सय घट्दा चाँदी १८५ रुपैयाँ सस्तियो

काठमाडौं। सुनचाँदीको भाउ पुन: घटेको छ। अघिल्लो दिनको भन्दा बुधबार सुन तोलामा २ हजार २ सय रुपैयाँ र चाँदी १८५ रुपैयाँ घटेको हो।

Tata
GBIME
Nepal Life

बुधबार सुनको कारोबार मूल्य प्रति तोला ३ लाख ७ हजार ७ सय रुपैयाँ भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि साताको दोस्रो दिनका तुलनामा ४ सय रुपैयाँ बढेर मंगलबार तोलाको ३ लाख ९ हजार ९ सय रुपैयाँ भएको थियो।

सोमबार सुन तोलामा १०० सय रुपैयाँ बढेर प्रति तोला ३ लाख ९ हजार ४ सय रुपैयाँ थियो।

चाँदीको मूल्य तोलामा १८५ रुपैयाँले घटेर प्रति तोला ५ हजार १ सय ५० रुपैयाँ भएको छ। मंगलबार चाँदी तोलामा ७० रुपैयाँ बढेर प्रति तोला ५ हजार ३ सय ३५ रुपैयाँ पुगेको थियो। साताको प्रारम्भमा चाँदी तोलाको ५ हजार २ सय ७० रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घट्दै जाँदा स्थानीय बजारमा पनि यसको प्रभाव देखिएको छ। बुधबार सुन प्रति औंस ४९९८.३३ डलर र चाँदी प्रति औंस ७९.३८ डलरमा आइपुगेको छ।

मंगलबार सुन प्रति औंस ५०३५.८५ डलर र चाँदी ८२.२३ डलरले कारोबार भइरहेको थियो।