काठमाडौं। सीताराम गोकुल मिल्कले उत्पादन गरेको दूध न्यून गुणस्तरको भेटिएपछि बिक्री वितरणमा रोक् लगाइएको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उद्योगले उत्पादन गरेको प्रशोधित दूध आफूले तोकेको मापदण्डभन्दा कम गुणस्तरको भेटिएपछि बिक्री वितरणमा रोक् लगाएको हो।
विभागका अनुसार प्रशोधित दूधका चिल्लो पदार्थ न्यूनतम ३ प्रतिशत हुनुपर्नेमा उद्योगको दूधमा १.४ प्रतिशत मात्र पाइएको छ। विभागले सोमबार उद्योगमा अनुगमनका क्रममा उद्योगको लगबुकमै चिल्लो पदार्थ १.४ प्रतिशत रहेको उल्लेख गरेको पाइएको जनाएको छ।
उद्योगले ५१९ क्रेट दूध बिक्रीका लागि कोल्ड स्टोरमा राखेको थियो। विभागले त्यो दूध बिक्री नगर्न निर्देशन दिनुका साथै
थप अनुसन्धानका लागि नमुना संकलन गरेको छ।











