काठमाडौं । सोमबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ। आज सुन तोलामा १०० रुपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको कारोबार मूल्य आज प्रति तोला ३ लाख ९ हजार ५०० रुपैयाँ निर्धारण भएको छ।
आइतबार सुन तोलामा ४ हजार ८०० रुपैयाँ घटेर प्रति तोला ३ लाख ९ हजार ४०० रुपैयाँ रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदी तोलामा ५ रुपैयाँ घटेर प्रति तोला ५ हजार २६५ रुपैयाँ कायम भएको छ। आइतबार चाँदी तोलामा २२५ रुपैयाँ घटेर प्रति तोला ५ हजार २७० रुपैयाँमा आइपुगेको थियो।
आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रति औंस ५०१२.३२ डलर र चाँदी प्रतिऔंस ८०.१ डलर छ।











