बौद्धको प्राइड क्यासिनोबाट १४ करोड रुपैयाँ लुटपाट प्रकरणमा थप दुई जना समातिए

बिजमाण्डू
२०८२ चैत्र १ गते १५:२९ | Mar 15, 2026
बौद्धको प्राइड क्यासिनोबाट १४ करोड रुपैयाँ लुटपाट प्रकरणमा थप दुई जना समातिए


काठमाडौं। बौद्धस्थित होटल हायातमा रहेको क्यासिनो प्राइडमा भएको लुटपाट प्रकरण अनुसन्धानका क्रममा थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

GBIME
Tata

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले काभ्रेली समूहका कुले भनिने कुलध्वज लामा र राकेश लामालाई पक्राउ गरेको हो। उनीहरू दुवै जना काभ्रेका हुन्। उनीहरूलाई पक्राउ गरेर अनुसन्धान थालिएको परिसरका एसपी पवन भट्टराईले जानकारी दिए।

भदौ २४ गते जेनजीको प्रदर्शन ध्वंसात्मक बनेका बेला होटल हायातमा तोडफोड र आगजनी भएको थियो। उक्त होटलमै रहेको क्यासिनो प्राइडमा लुटपाट भएको थियो। पछिल्लोपटक पक्राउ परेका दुवै उक्त लुटपाटमा संलग्न रहेको प्रहरीको ठहर छ।

क्यासिनोबाट १४ करोड रुपैयाँ लुटिएको भन्दै प्रहरीमा उजुरी परेको थियो। यसअघि पनि लुटपाटमा संलग्न आरोपमा ३ जना पक्राउ परेका थिए। उनीहरूमाथि प्रहरीले मुद्दा चलाएको थियो।

लामाद्वयअघि पक्राउ पर्नेमा कपन घर भएका ‘रने’ भनिने रञ्चित खड्गी, दाबा शेर्पा र दोर्जे शर्पा छन्।