काठमाडौं । नेपाल ग्यास उद्योग प्रा. लिले ग्यास आपूर्तिमा देखिएको समस्या समाधान भइसकेको भन्दै हाल नियमित रुपमा ग्यास बिक्री वितरण भइरहेको जनाएको छ।
ईण्डियन आयल कर्पोरेशनले प्रत्येक ५ वर्षमा आफ्नै देशमा ग्यास ढुवानीको लागि ट्यांकरहरुको टेण्डर आह्वान गर्ने गरेकोले सोही कारणबस ईण्डियन आयलका विभिन्न रिफाइनरीबाट ग्यास लोड गरि ल्याउनका लागि केही समय ट्यांकरहरुको कमी भएर ढुवानीमा अनियमितता भएको उद्योगले जनाएको छ।
उद्योगले हाल सो समस्या समाधान भएर नियमित ग्यास लोड भएर ढुवानी भइरहेको भन्दै उपभोक्ताको मागलाई ख्यालमा राखेर हाल बजारमा पर्याप्त संख्यामा डिलरमार्फत ग्यास उपलब्ध गराइरहेको जनाएको छ।
उद्योगले उपभोक्ताहरुको मागलाई ध्यानमा राखेर नेपाल आयल निगमको समन्वयमा टेकु स्थित आयल निगम परिसरबाट साथै बालाजुस्थित आफ्नै उद्योग परिसरबाट समेत नियमित ग्यास वितरणको कार्य गरिरहेको पनि जनाइएको छ।











