माग बढेपछि महँगियो अण्डा : प्रति क्रेट ५५ रुपैयाँसम्म बढ्यो, कति पुग्यो मूल्य?

बिजमाण्डू
२०८२ फागुन ६ गते १२:१९ | Feb 18, 2026
माग बढेपछि महँगियो अण्डा : प्रति क्रेट ५५ रुपैयाँसम्म बढ्यो, कति पुग्यो मूल्य?


काठमाडौं। अण्डाको मूल्य बढेको छ। नेपाल लेयर्स कुखुरा पालक संघले आजदेखि बजारमा लागू हुने गरी अण्डाको समर्थन बिक्री मूल्य तोकेको हो।

GBIME
Tata

एक्सएल अण्डाको भाउ क्रेटमा ५५ रुपैयाँ बढेर ४४५ रुपैयाँ पुगेको छ। ठूलो अण्डा क्रेटमा ५० रुपैयाँ बढेर प्रतिक्रेट ४२५ रुपैयाँ भएको छ। मध्यम अण्डा क्रेटमा ४० रुपैयाँ बढेर ३७५ रुपैयाँ तोकिएको छ।

यसअघि, संघले अण्डाको भाउ एक्सएल प्रति क्रेट ३९०, ठूलो ३७५ र मध्यम अण्डा प्रति क्रेट ३३५ रुपैयाँ तोकेको थियो।

अण्डाको खपत बढेपछि भाउ महँगिएको संघका सचिव मदन पोखरेलले बताए। चुनावले गर्दा पनि अण्डाको माग बढ्दै गएको छ।

गत महिनामा खपत घट्दा भाउ सस्तिएको थियो। अब खपत बढ्दा उत्पादनले नपुग्ने भएकोले भाउ बढ्दै जाने उनले बताए।

हाल दैनिक ५० लाख गोटा अण्डा उत्पादन हुन्छ। गर्मी महिना सुरु भएपछि अण्डा उत्पादन घट्ने संघले जनाएको छ।