बेनी हाइड्रोपावरले २०.८० करोडको आइपीओ बिक्री गर्ने, सेबोनले दियो अनुमति



बिजमाण्डू
२०८२ माघ २९ गते १७:१३ | Feb 12, 2026
बेनी हाइड्रोपावरले २०.८० करोडको आइपीओ बिक्री गर्ने, सेबोनले दियो अनुमति

काठमाडौं। बेनी हाइड्रोपावर प्रोजेक्टले आइपीओ बिक्री गर्न अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्ड(सेबोन)ले हाइड्रोपावरलाई आइपी‌ओ निष्कासन गर्न बिहीबार अनुमति दिएको हो।

Tata
GBIME
Nepal Life

सेबोनबाट अनुमति पाएसँगै हाइड्रोपावरले अब २० करोड ८० लाख रुपैयाँ बराबरको २० लाख ८० हजार कित्ता सेयर निष्कासन गर्नेछ। कम्पनीले चुक्ता पुँजीको २० प्रतिशत आइपीओ निष्कासन गर्न लागेको हो।

हाइड्रोपावरको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल छ।