काठमाडौं। बेनी हाइड्रोपावर प्रोजेक्टले आइपीओ बिक्री गर्न अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्ड(सेबोन)ले हाइड्रोपावरलाई आइपीओ निष्कासन गर्न बिहीबार अनुमति दिएको हो।
सेबोनबाट अनुमति पाएसँगै हाइड्रोपावरले अब २० करोड ८० लाख रुपैयाँ बराबरको २० लाख ८० हजार कित्ता सेयर निष्कासन गर्नेछ। कम्पनीले चुक्ता पुँजीको २० प्रतिशत आइपीओ निष्कासन गर्न लागेको हो।
हाइड्रोपावरको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल छ।