काठमाडौं । ठमेलस्थित ‘एलओडी क्लब’ले सातौं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरि मनाउने भएको छ।
क्लबका निर्देशक भुपेन कुँवरका अनुसार मंगलबार सातौं वार्षिकोत्सवको अवसरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारको प्रस्तुती रहेको छ।
‘हामीले क्लब स्थापना गरेर नेपाली सांगीतिक क्षेत्रका कलाकर्मीलाई स्थान दिएका छौं,’ उनले भने, ‘यो स्थान कलाकारहरूका लागि केही गर्छु भन्ने मानिसका लागि एउटा प्लेटफर्म बनेको छ। हामीले धेरै नयाँ उधाउँदो सांगीतिक समूहलाई अवसर दिएका छौं,’ उनले भने।
एलओडी क्लब केवल एउटा नाइटक्लब मात्र नभएर नेपाली संस्कृति, प्रतिभा र राष्ट्रिय गौरवको प्रतीक बनेको रहेको उनको भनाइ छ।
कुँवरले नेपाली संस्कृति र परम्परालाई समर्पित विशेष कार्यक्रमहरू मार्फत क्लबले नेपाली पहिचानलाई विश्वमञ्चमा प्रवर्धन गर्दै आएको बताए। रातको समयमा ठमेल घुम्न आउनेहरूका लागि एलओडी प्रमुख गन्तव्य बनेको उनको दाबी छ।
रात्रीकालीन व्यवसायमा अवसर र चुनौती दुवै रहेको कुँवर बताए। कतिपय अवस्थामा राम्रो भए पनि कामा गर्दै जाँदा कुनै समय प्राविधिक कठिनाइले समस्या व्यहोर्नु परेको उनले बताए।
क्लब सातौँ वर्षमा पुगेको अवसरमा क्लबको इन्टिरियर, पाहुनालाई बस्ने ठाउँ र लाइटिङ सिस्टम परिवर्तन गरिएको छ भने यसअघिको स्वरुप समेत चेन्ज गरेको उनले बताए।
उनका अनुसार क्लबमा १५० भन्दा बढी कर्मचारी छन्। ६०० जनाका लागि सिटिङ र २ हजारको स्टयाण्डिङको क्षमता छ।









