सस्तोमा सुन दिने भन्दै लुटपाट गर्ने गिरोहमा प्रहरी पनि संलग्न, चार जना पक्राउपछि अनुसन्धान हुँदै

बिजमाण्डू
२०८२ माघ २७ गते १४:४६ | Feb 10, 2026
सस्तोमा सुन दिने भन्दै लुटपाट गर्ने गिरोहमा प्रहरी पनि  संलग्न, चार जना पक्राउपछि अनुसन्धान हुँदै


काठमाडौं। सस्तोको सुन भन्दै लुटपाट गर्ने समूहमा प्रहरीकै संलग्नता भएको खुलेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चार जनालाई पक्राउ गरेको छ।

GBIME
Tata

जसमा एक जना प्रहरी पनि छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दरबन्दी रहेका हवल्दार कर्णबहादुर सुनवारलाई नियन्त्रण लिएको हो।

‘यो समूहले सुन दिने भन्दै एकान्तमा बोलाएर लुटिएको देखियो,’ एक प्रहरी अधिकृतले भने।

प्रहरीले दीपक आले मगर, विक्रम तामाङ, जीवन तामाङलाई पनि पक्राउ गरेको छ। उनीहरुले कीर्तिपुरको च्याङलाफाँटमा सस्तोमा सुन दिने भन्दै माघ १४ गते बोलाएर ६० लाख रुपैयाँ लुटेका थिए।

त्यसपछि आफूहरु सीआइबीको स्टाफ भन्दै रकम लुटेर लगेका थिए।