किराना पसलमा हजारको नक्कली नोट दिँदा २५ वर्षीय युवक पक्राउ, साथबाट २८ नोट बरामद

बिजमाण्डू
२०८२ माघ २२ गते १०:४९ | Feb 5, 2026
किराना पसलमा हजारको नक्कली नोट दिँदा २५ वर्षीय युवक पक्राउ, साथबाट २८ नोट बरामद


काठमाडौं। निर्वाचनको मिति नजिकिएसँगै देशभर नक्कली नोटको कारोबार बढेको घटना बाहिरिन थालेका छन्। सुनसरीको हरिनगरा गाउँपालिकाका एक युवकलाई प्रहरीले नक्कली नोटसहित पक्राउ गरेको छ।

GBIME
Tata

बुधबार राति सुनसरी हरिनगरा-१ को किराना पसलबाट सामान खरिद गर्दा उनले नक्कली नोट दिएपछि प्रहरीले पक्राउ गरेको हो।

इनरुवा-१० बस्ने २५ वर्षीय बहिस मियाँले नक्कली नोट दिएका थिए। प्रहरीले जाँच गर्दा उनको साथबाट एक हजार दरका २८ थान नोट फेला परेको थियो। त्यसपछि उनलाई नियन्त्रणमा लिएको हो।

पछिल्लो समय भारतबाट नक्कली नोट छापिएर नेपाल आउने गरेको देखिएको छ। केही दिनअघि भारतीय प्रहरीले नेपाली नक्कली नोटसहित १० जनालाई पक्राउ गरेको थियो।