गगन थापादेखि केपी ओलीको फोटो राखेर ‘फन्ड’ जम्मा गर्ने अमेरिकन नागरिक पक्राउ



बिजमाण्डू
२०८२ माघ १९ गते १७:०० | Feb 2, 2026
गगन थापादेखि केपी ओलीको फोटो राखेर ‘फन्ड’ जम्मा गर्ने अमेरिकन नागरिक पक्राउ


काठमाडौं। नेपालका राजीनितक दलका नेताहरुको नाम लिएर रकम ठगी गर्ने एक जना विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

Tata
GBIME

अध्यागनम विभागले एक अमेरिकन नागरिकलाई नियन्त्रणमा लिएको हो। उनले अन्तरार्ष्ट्रिय स्तरमा ‘फन्ड’ जम्मा गर्नको लागि कलेजका वेबसाइटमा विभिन्न दलका नेताहरुको फोटो राखेर रकम उठाउने गरेको खुलेको छ।

ती व्यक्तिले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति गगन थापा, उद्यमीसमेत रहेका कांग्रेस नेता विनोद चौधरी लगायत १३ जना नेताको फोटो राखेर रकम माग्ने गरेको देखिएको छ। उनले साइटमा ‘आवर डाइनामिक टिम’ भन्दै नेताहरुको फोटो राख्ने गरेका थिए।

यसैगरी साइटमा लाइब्रेरी, क्याम्पस सर्भिस तथा प्रशासनिक टिम भनेर अन्य प्रतिष्ठित नेपाली व्यक्तिहरुको समेत नाम उल्लेख गरेको पनि पाइएको छ। वेबसाइटमा त्रिभुवन विश्वविद्यालय र पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेज भनेर उनले प्रचार गरेको पाइएको छ। तर, त्यसबारे आधिकारिक प्रमाण पेश गर्न उनले सकेका छैनन्।

सन् २०१४ देखि विभिन्न प्रयोजनका लागि नेपाल आवतजावत गरेका उनले करिब १२ वर्षको अवधिमा ५० भन्दा बढी पटक नेपाल भ्रमण गरेका छन्।

पर्यटक, वर्किङ, व्यावसायिक लगायतका भिसामा उनी नेपाल बस्ने गरेको पाइएको छ। पर्वतारोहण र व्यापारिक पृष्ठभूमिका उनले नेपालमा भने कमसिड नेपाल नामको कम्पनी दर्ता गरि व्यावसायिक भिसा लिएको खुलेको हो।