काठमाडौंमा शृंखलाबद्ध लुटमा संलग्न समूह मुलपानीबाट पक्राउ, नियन्त्रणमा लिन गोली प्रहार

बिजमाण्डू
२०८२ माघ १५ गते १०:१२ | Jan 29, 2026
काठमाडौंमा शृंखलाबद्ध लुटमा संलग्न समूह मुलपानीबाट पक्राउ, नियन्त्रणमा लिन गोली प्रहार


काठमाडौं। उपत्यकाभित्र लुटपाटमा संलग्न गिरोहको आशंकामा प्रहरीले एउटा समूहलाई नियन्त्रणमा लिएको छ। काठमाडौको कागेश्वरी मनोहरा नगरपालिकाको मुलपानी क्षेत्रबाट नियन्त्रणमा लिएको हो।

GBIME
Tata

प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिनको लागि दुई राउन्ड गोलीसमेत चलाएको थियो। गोली लागि एक जना घाइते भएका छन्।

उनीहरुले काठमाडौं बौद्ध, स्वयम्भू, चाबहिल लगायतका क्षेत्रमा लुटपाट गर्दै आएको सूचना पाएपछि प्रहरीले निगरानी गर्दै बलपूर्वक नियन्त्रणमा लिएको हो। लुटपाटमा संलग्न समूहबारे प्राप्त सूचना विश्लेषण गर्दा नियन्त्रणमा लिन अपरेसन नै चलाउने निर्णयमा प्रहरी पुगेको थियो।

उनीहरुले मोटरसाइकलमा गएर धनमाल तथा नगद लुट्ने गरेको सूचना प्रहरीले पाएको थियो। घटना र संलग्नताबारे अनुसन्धान भइरहेको छ।