सिन्धुलीको घ्याङ्लेखमा रहेको एसबिआइ बैंकको शाखामा लुटपाट, एक जना पक्राउ

बिजमाण्डू
२०८२ पुष ३० गते ०७:१५ | Jan 14, 2026
सिन्धुलीको घ्याङ्लेखमा रहेको एसबिआइ बैंकको शाखामा लुटपाट, एक जना पक्राउ


काठमाडौं। सिन्धुलीको घ्याङ्लेख गाउँपालिकास्थित एसबिआइ बैंकको शाखामा लुटपाट भएको छ। मंगलबार साँझ करिब ७ बजेतिर आएको एक समूहले बैंक लुटेको हो।

GBIME
Tata

प्रहरीका अनुसार लुटपाटमा संलग्न एक जनालाई नियन्त्रणमा लिइएको छ। घटनास्थलबाट केही रकम पनि फेला परेको छ। तर, कति रकम लुटिएको हो भन्ने यकिन भइसकेको छैन।

जिल्ला प्रहरी कार्यालयका एसपी लालध्वज सुवेदीका अनुसार प्रहरी टोली मंगलबार राति नै घटनास्थल पुगेर अनुसन्धान थालिसकेको छ। घटनामा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको उनले जानकारी दिए।