सुनको मूल्य हालसम्मकै उच्च : तोलाको २ लाख ७६ हजार ५००, चाँदीको पनि बढ्यो



बिजमाण्डू
२०८२ पुष २९ गते ११:१९ | Jan 13, 2026
सुनको मूल्य हालसम्मकै उच्च : तोलाको २ लाख ७६ हजार ५००, चाँदीको पनि बढ्यो


काठमाडौं । सुनको मूल्यले दैनिक नयाँ रेकर्ड राखिरहेको छ। अघिल्लो दिनको भन्दा आज सुन तोलामा १ हजार ८०० रुपैयाँले वृद्धि भएको छ।

Tata
GBIME

मंगलबार सुनको कारोबार मूल्य प्रति तोला २ लाख ७६ हजार ५०० रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सोमबार सुन तोलामा ४ हजार १०० रुपैयाँले बढेर प्रति तोला २ लाख ७४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। आइतबार सुन प्रति तोला २ लाख ७० हजार ६०० रुपैयाँ थियो। तीन दिनमा सुनको भाउ तोलामा ५ हजार ९०० रुपैयाँले बढेको छ।

चाँदीको मूल्य पनि १४५ रुपैयाँले बढेर प्रति तोला ५ हजार ३४० रुपैयाँ पुगेको छ। सोमबार चाँदी तोलामा २०५ रुपैयाँ बढेर प्रति तोला ५ हजार १९५ रुपैयाँमा कारोबार भएको थियो।

आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दै प्रतिऔंस ४५९६.४८ डलर र चाँदी प्रतिऔंस ८५.६२ डलर पुगेको छ। सोमबार सुन प्रति‍औंस ४५०९.२ डलर र चाँदी प्रतिऔंस ७९.९१ डलर थियो।