‘बेलायत पठाइदिन्छु’ भन्दै ३ जनाबाट २८ लाख लिएर सम्पर्कविहीन भएका एकजना पक्राउ



बिजमाण्डू
२०८२ पुष २५ गते १३:४९ | Jan 9, 2026
‘बेलायत पठाइदिन्छु’ भन्दै ३ जनाबाट २८ लाख लिएर सम्पर्कविहीन भएका एकजना पक्राउ

काठमाडौं। आकर्षक तलबको प्रलोभनमा पारी ‘बेलायत पठाइदिन्छु’ भन्दै रकम ठगी गरेको अभियोगमा एकजना पक्राउ परेका छन्।

Tata
GBIME
Nepal Life

भक्तपुरको मध्यपुर थिमि नगरपालिका-२ बस्ने ललितपुरको ललितपुर महानगरपालिका-१६ घर भएका ३४ वर्षीय अमन महर्जनलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ।

अमनले बेलायत पठाइदिने भन्दै ३ जनाबाट २८ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएका थिए। पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई मध्यपुर थिमि नगरपालिका-२ बाट पक्राउ गरेको हो।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि काठमाडौंको ताहाचलस्थित वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ।