२५ करोड बराबरको विदेशी मुद्राका मालिक पौडेल र ट्रक चालकविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा



बिजमाण्डू
२०८२ पुष १३ गते १७:०६ | Dec 28, 2025
२५ करोड बराबरको विदेशी मुद्राका मालिक पौडेल र ट्रक चालकविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा


काठमाडौं। गत चैत ४ गते टोखामा २५ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा बरामद भएको मुद्दामा दुई जनाविरुद्ध सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर भएको छ।

Tata
GBIME

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालतमा दुई जनाविरुद्ध मुद्दा दायर गरेको हो। रकमका मालिक भनिएका सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका-४ घर भएका ५३ वर्षीय नारायण पौडेल र ४३ वर्षीय कुसाङ लामाविरुद्ध मुद्दा दायर गरिएको हो।

प्रहरीले चैत ४ गते कुसाङले चलाएको ट्रकबाट चालक बस्ने स्थान माथिको क्याबिनमा फल्स बटम बनाइ खैरो रङ्गको टेपले बेरेको अवस्थामा १३ लाख ७५ हजार १५० युरो र ३ लाख २० हजार ८५० अमेरिकी डलर बरामद गरेको थियो। उनीहरू दुई जनाविरुद्ध बरामद गरेको रकम बराबरको २५ करोड ३४ लाख ७८ हजार ८४२ रुपैयाँ बिगो दाबी गरिएको छ।

पौडेलले आफ्नो सम्पत्ति खासाको व्यापार र जग्गा प्लटिङबाट आएको दाबी गरेका छन्। उनले काठमाडौं, सिन्धुपाल्चोक र ताप्लेजुङमा जग्गा भएको बताएका छन्।

टोखामा घरसहित रहेको १९ आना जग्गा श्रीमतीलाई ससुराले दिएको उनको दाबी छ। उनले आफ्नो नाममा भएको जग्गा धेरै ससुरालीबाट आएको बताएका छन्।