काठमाडौं । भारतीयलाई भारतबाट नेपाल ल्याएर क्यानसिनो खेलाउने भनेर ठगी गर्ने गिरोहलाई नेपाल प्रहरीले पक्राउ गरेको छ।
प्रहरीले आज पत्रकार सम्मेलन गर्दै ७ जनालाई यो प्रकरणमा नियन्त्रणमा लिइएको जनाएको हो। पक्राउ परेका भारतीयले आँखामा लेन्स लगाएर ठगी गर्ने गरेको खुलेको हो।
काठमाडौंको ठमेलस्थित छाया सेन्टरको वाल्डो क्यासिनोबाट उनीहरू पक्राउ परेका हुन्। पक्राउ परेका भारतीय नागरिकले क्यानसिनोमा लेन्स लगाएर जान्थे र त्यहाँ तासमा जोडिएको चिप्सको सहयोगले ठगी गर्ने गरेको देखिएको हो।

पक्राउ पर्नेमा भारतीयसँगै केही नेपाली नागरिक पनि छन्। यो गिरोहमा जेनजी आन्दोलनका क्रमा ह्यात होटल लुट्ने सेठ्ठी भनेर चिनिने दावा शेर्पाको समेत संलग्नता देखिएको छ।
पढ्नुस : जेनजी आन्दोलनमा ह्यातको क्यासिनो जोगाउन बोलाएकै समूहबाट १४ करोड लुटपाट, यस्तो छ घटना
नेपालबाट यो गिरोहमा मुख्य संलग्नता जनार्दन उप्रेतीको देखिएको प्रहरीले जनाएको छ। त्यस्तै, भारतबाट भने यो गिरोहलाई सुरेश महाजनले चलाउने गरेको देखिएको छ।

भारतबाट मानिस ल्याएर काठमाडौंमा राख्न उनीहरुले विभिन्न पाँच तारे होटलमा ११० वटा कोठा समेत बुकिङ गरेको अनुसन्धानका क्रममा देखिएको छ।
यो गिरोहले क्याम्बोडिया र श्रीलंकामा पनि यसरी नै क्यासिनो खेलाउने गरेको देखिएको प्रहरीले जनाएको छ।










