नबिल बैंकको अन्तर्राष्ट्रिय भुक्तानी सेवा विस्तार, अब २७ शाखामा सेवा उपलब्ध



बिजमाण्डू
२०८२ मंसिर १७ गते ११:५२ | Dec 3, 2025
नबिल बैंकको अन्तर्राष्ट्रिय भुक्तानी सेवा विस्तार, अब २७ शाखामा सेवा उपलब्ध

काठमाडौं। नबिल बैंकले मुलुकभरका विभिन्न २७ वटा शाखामा अन्तर्राष्ट्रिय भुक्तानी सेवा विस्तार गरेको छ। यसअघि बैंकको केन्द्रीय कार्यालयसहित पाँच शाखामा उपलब्ध यो सेवा अब २७ शाखामा विस्तार गरिएको हो।

Tata
GBIME
Nepal Life

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत आदर्श बजगाइँले डिजिटल सेवा तथा अन्तर्राष्ट्रिय बैंकिङ पहुँचलाई थप सुदृढ बनाउनका लागि सेवा विस्तार गरिएको जानकारी दिए। उनका अनुसार काठमाडौं उपत्यकाका १७ सहित २७ शाखामा सेवा विस्तार गरिएको हो।

यसअघि बैंकको अन्तर्राष्ट्रिय भुक्तानी सेवा केन्द्रीय कार्यालयका साथै पुतलीसडक, महाराजगंज, विराटनगर र पोखरास्थित शाखा कार्यालयमा मात्र उपलब्ध थियो।

अब उपत्यकाभित्र भाटभटेनी, कुलेश्वर, ठमेल, त्रिपुरेश्वर, बिजुलीबजार, मैतीदेवी, हलचोक, सातदोबाटो, कौशलटार, बानेश्वर, गुंसिगाल, कोटेश्वर, भैँसेपाटी र जोरपाटीस्थित शाखामा उपलब्ध हुनेछ।

यस्तै उपत्यकाबाहिर इटहरी, वीरगंज, बिर्तामोड, हेटौंडा, बुटवल, भैरहवा, नारायणगढ र नेपालगञ्जस्थित शाखा कार्यालयमा यो सेवा उपलब्ध हुने बैंकले जनाएको छ।

ग्राहकले नबिल अनलाइन पेमेन्ट सेवामार्फत सहज र सुरक्षित ढंगले अन्तर्राष्ट्रिय रुपमा भुक्तानी गर्न सक्नेछन्। जसमा भिसा आवदेन शुल्क, विश्वविद्यालय वा कलेजको आवेदन शुल्क, बीमा तथा एसीसीए भुक्तानीका साथै शैक्षिक तथा व्यापारिक सम्मेलनको पनि भुक्तानी गर्न सक्नेछन्। बैंकका अनुसार यो सेवा लिने ग्राहकले छुट्टै अन्तर्राष्ट्रिय कार्ड राख्नु पर्दैन।